Logo
Logo

संविधान संशोधन आवश्यक : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर सबैको अधिकार सुरक्षित गर्नुपर्ने बताएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले मधेस आन्दोलनसहित विभिन्न आन्दोलनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

राज्यको सबै अंगमा समानुपाति प्रतिनिधित्वले लोकतन्त्रको रक्षा हुने बताउँदै उनले मधेसी, आदीबासी जनजाती, मुस्लिम, महिला, ओविसी लगायतका समुदायको अधिकार सुरक्षित गर्नका लागि संविधान संशोधनको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्