Logo
Logo

महाधिवेशनमा करिब ६ करोड खर्च हुने


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको१४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड रूपैयाँसम्म खर्च लाग्ने नेताहरूले अनुमान गरेका छन् । तोकिएको मितिमा महाविधेशन नटुंगिए यो खर्च अझै बढ्ने केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका सदस्यले बताएका छन् ।

नेपाली कांग्रेस आर्थिक समितिका सदस्य दीपक खड्काले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरिएको बताए । ‘अहिलेसम्मको हाम्रो अनुमानमा ५ देखि ६ करोड रूपैयाँ खर्च हुनेछ,’खड्काले भने,‘तर महाधिवेशनको अवधि लम्बिँदै गए त्यहीअनुसार खर्च पनि बढ्दै जानेछ।’

कांग्रेसका एक नेताका अनुसार एक दिन महाधिवेशनको तिथि लम्बियो भने ८० देखि ९० लाख रूपैयाँ खर्च बढ्छ। त्यस अनुसार एक दिनमात्रै महाधिवेशन लम्बियो भने महाधिवेशन सम्पन्न गर्न कुल खर्च ७ करोडसम्म पुग्ने ती नेताको भनाइ छ ।

महाधिवेशनका लागि छुट्याइएको ५ देखि ६ करोड रूपैयाँ महाधिवेशन प्रतिनिधिका लागि भोजन,आवास, मञ्च निर्माण, प्रचारप्रसारमा खर्च लाग्ने अनुमान गरिएको छ । मञ्च व्यवस्थापनमा मात्रै ४० लाख रूपैयाँ छुट्याइएको खड्काले जनाए । यसैगरी महाधिवेशन प्रतिनिधिलाई भोजन तथा आवासका लागि ३ करोड ५० लाख रूपैयाँदेखि ४ करोडसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्