Logo
Logo

नेपालको अमेरिकासँग बढ्दो ‘इगो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौं । नेपाल र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता आएको छ । खासगरी नयाँ सरकार गठन भएपछि यस्तो तिक्तता बढेको हो ।

अमेरिकाले आफ्नो स्वार्थका विविध विषयमा नेपाललाई दबाब दिइरहेको छ । तर, नेपालले त्यसलाई मानेको छैन । बरु अमेरिकाको स्वार्थ बाँझिने गरी भेनेजुयलाको विवादमा नेकपाका एक जना अध्यक्षले वक्तव्य दिएपछि ऊ चिढिएको हो ।

भेनेजुयला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी नीतिको विपक्षमा उभिए । जसले ठुलै हल्लीखल्ली मच्चियो । यसबारे अमेरिकाले परराष्ट्र मन्त्रालयसँग प्रष्टिकरण नै माग्ने काम भयो ।

उत्तर कोरियाको विषयमा पनि अमेरिकाले नेपाललाई दबाब दिदै आएको छ । उत्तर कोरियामाथि लागेको प्रतिबन्धमा नेपालले समर्थन गर्नुपर्ने उनीहरुको माग छ । नेपालमा उत्तर कोरियाली लगानी बन्द गर्न दबाब दिदै आएका छन् ।

तिब्बती शरणार्थीको मामिला त छँदै छ । तिब्बती शरणार्थीमाथि नेपाल सरकारले नियन्त्रण गरेकाले स्वतन्त्रता दिन उनीहरुले दबाब दिदै आएका छन् । शरणार्थीको पुनगणनाको समेत माग छँदै छ ।

यसबाहेक साना विषयमा समेत नेपाल अमेरिका असहमति बढेका छन् । जस्तो कि नेपालले १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई भिसा शुल्क लिँदैन । तर, अमेरिकासँग भने लिन थालेको छ ।

यसको कारण रमाइलो छ । हालै नेपाल र अमेरिकाबीच भिसामा पारस्पारिकता लागू भएको छ । जसअनुसार भिसा अवधि लगायत कतिपय विषयमा समानता गरिएको छ । अमेरिकाकै दबाबमा भिसा पारस्पारिकता गरिएको हो ।

त्यही क्रममा सानो विवाद भयो । नेपाली अधिकारीले नेपालले १० वर्षभन्दा मुनिका बच्चालाई भिसा शुल्क नलिने गरेकाले नेपालीका बालबालिकालाई पनि नलिन आग्रह ग¥यो । तर, अमेरिकी अधिकारीले मानेनन् । त्यसपछि नेपालले पनि अमेरिकी बालबालिकालाई भिसा शुल्क लिन थालेको छ । अध्यागमनसम्बन्धी नियमावलीमै १० वर्षभन्दा कम उमेरका बालबालिकाले भिसा शुल्क तिर्न नपर्ने उल्लेख छ । तर, ‘इगो’का कारण केही महिनायता अमेरिकी बालबालिकासँग भने यस्तो शुल्क लिन थालिएको छ । अथवा ‘इगो’का कारण दुई देशबीचको कुटनीति चलिरहेको छ । दुई देशबीच असमझदारी नहट्दा सम्बन्ध झन्–झन् बिग्रदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्