Logo
Logo

कांग्रेस महाधिवेशनको दोस्रो दिन (फोटोफिचर)



काठमाडौं । नेपाली कांग्रेसको १४औँं महाधिवेशन काठमाडौंस्थित भृकुटीमण्डपमा जारी छ । शुक्रबार सुरु भएको महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उम्मेदवार दर्ता गर्ने नेताहरुको चहलपहल बढिरहेको छ । शनिबार मध्यान्हसम्ममा महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारी दर्ता भएपनि सभापतिको भएको छैन ।

शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिन चाहेका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम अवस्थामा आएर सभापतिमा नउठ्ने बताएका छन् । अहिले पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्