Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

विमलेन्द्र निधिद्वारा सभापति पदमा उम्मेदवारी दर्ता



काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । अहिले बिभिन्न पदमा नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ ।

सोही क्रममा निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराए पनि आफ्नो छुटै समुह बनाएका छैनन् ।

उनले सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत गर्न शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । त्यसो भएमा आफूलाई पनि मान्य हुने उनको भनाइ थियो । तर, सर्वसम्मतिको कुनै प्रयास भएन ।

प्रतिक्रिया दिनुहोस्