Logo
Logo

काठमाडौंमा इन्डियन फुड फेस्टिभल



काठमाडौं । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र भारतीय राजदूतावासको आयोजनामा आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ काठमाडाैंमा शूरू भएकाे छ ।

महोत्सवमा भारतीय सुप्रसिद्ध सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सव उद्घाटन गरेका थिए ।

कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ । महोत्सवमा कश्मीरी पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदि प्रदर्शमा राखिएका छन् ।

भारतको ७५औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रम आयोजना गरिएको दूतावासले जानकारी दिएको छ ।

उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूले कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

महोत्सव काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्