अमेरिकामा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

अमेरिकामा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको केन्टकीका गभर्नरले बताए ।

गभर्नर एण्डी बेशरले भने केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन् । थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ ।

मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।

सोही रात इलिनोइ राज्यस्थित अमेजन कम्पनीको गोदाममा हुरीबतास चल्दा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

‘मेरो विचारमा करिब ५० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० देखि १०० को बीचमा रहेका अपुष्ट खबरहरू प्राप्त भएका,’ उनले भने ।

मेफील्डबाट सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीर तथा भिडियोहरूले आँधीले भवनहरू टुक्रा–टुक्रा पारेको देखाइएको छ । आँधीपछि सडकमा फलाम, रूख र इटाका टुक्राहरू छरिएका छन् ।

अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ । बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताए ।

त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्