Logo
Logo

यी हुन् एमालेका ४५ स्थायी कमिटी सदस्य (सूचीसहित)



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेका छन् ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा आइतबार (दोस्रो दिन) समेत केन्द्रीय कमिटीको बैठकमा उनले स्थायी कमिटी सदस्यहरुको नाम प्रस्ताव गरेका छन् ।

एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन हुन्छ । एमालेको १०औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा छन् । त्यसबाहेक २६ जनाको नामावली अध्यक्ष ओलीले प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।

यस्तै घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की स्थायी कमिटी सदस्यका लागि ओलीले प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्