Logo
Logo

एकीकृत समाजवादीको धुर्कोट-काठमाडौं सम्पर्क मञ्च गठन



काठमाडौं । नेकपा एकीकृत समाजवादीको धुर्कोट–गुल्मी –काठमाडौं सम्पर्क मञ्च गठन भएको छ ।

धुर्कोटबाट काठमाडौं आएर बसोबास गर्दै आएका व्यक्तिहरुलाई समेट्ने उद्देश्यका साथ भएको पहिलो भेलाले बिनोद श्रीस मगरको अध्यक्षतामा ७५ सदस्यीय मञ्च गठन गरेको हो ।

सम्पूर्ण गुल्मेलीहरु एकतावद्व भएर गुल्मीको समाजवादी आन्दोलनलाई उचाईँमा पुर्याउँदै समाजको वैचारिक, आर्थिक र समाजिक रुपान्तरणको सही दृष्टिकोण र भिजन सहितको सक्षम, सवल, अविचलित, निडर र साहसिक नेतृत्वलाई भूगोलमा स्थापित गर्ने मञ्चको उद्देश्य रहेको बताइएको छ ।

साथै एमालेले चालेको प्रतिगामी कदमबारे आमजनतालाई जानकारी गराएर जनविश्वास जित्ने मञ्चका नेतृत्वले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्