Logo
Logo

‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण बजारमा



काठमाडौं । उपन्यास, कथा, निबन्ध, कवितालगायतका विधामा सक्रिय हुँदै साहित्य अनुसन्धानमा पनि रूचि राख्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण प्रकाशन भएको छ ।

२०६७ सालमा पहिलोपटक प्रकाशित भई हाल संशोधित एवं परिमार्जितरूपमा बजारमा आएको यो पुस्तक काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो । प्रस्तुत पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ ।

मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवं सामाजिक–सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकाले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय छ । पुस्तक कलम प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्