काठमाडौं । लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानीजस्ता सेवा उपयोग गर्न पाउने भएका छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखा र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।











