Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

अपरान्ह तीन बजेसम्ममा ८७८ मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिभिन्न पदका लागि भइरहेको निर्वाचनमा अहिलेसम्म ८७८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ३४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने व्यवस्था गरेको छ ।

महाधिवेशनमा ४ हजार ७४३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस प्रतिनिधिले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह–महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नुपर्नेहुन्छ ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९–९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्