Logo
Logo

ऐश्वर्याको अगाडि सबै फिका… ! (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ जेठ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले यसपटक पनि विश्वका फिल्मकर्मी र पत्रकारहरुको मन जित्न सफल भएकी छन् ।
फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८औँ इन्ट्री हो । उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । ऐश्वर्या गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् ।


केही वर्षयता लगातार कान्स फिल्म फेस्टिवलमा आफ्नो उपस्थितिसँगै चर्चामा आउन सफल हुँदै आएकी ऐश्वर्याका अगाडि विगतका वर्षमा झैँ अन्य अभिनेत्री ओझेल परे ।
फ्रान्समा जारी ७२औँ कान्स फिल्म फेस्टिवल–२०१९ मा आफ्नी छोरी आराध्यासँग सहभागी भएकी ऐश्वर्या विशेषगरी सुन्दर लुक्स र स्टाइलिस पहिरनका कारण चर्चामा आउने गरेकी छन् । अघिल्लो संस्करण आराध्या सानी थिइन् । तर, यसपटक आराध्या पनि आमासँगै कान्सको दोस्रो दिन रेड कार्पेटमा देखिँदा विश्वका फोटो पत्रकारहरुको नजर उनीतिर परेको थियो ।


यही १४ मेबाट सुरु भएको कान्समा ऐश्वर्या आइतबार गोल्डेन मोमेन्टमा देखिएकी थिइन् । उक्त दिन हलिउडका चर्चित सेलिब्रेटीहरु पनि रेड कार्पेटमा झुल्किएका थिए । तर, उनीहरु ऐश्वर्याका अगाडि फिक्का भए ।
अन्तर्राष्ट्रिय मिडियाले ऐश्वर्या तस्बिरलाई प्राथमिकताका साथ प्रकाशन गरे । ऐश्वर्यालाई यतिसम्म तारिफ गरिएको छ कि उनी स्वर्गकी परी हुन् । कतिपय मिडियाले ऐश्वर्याको उमेरलाई नजर अन्दाज गर्दै जादुमय सुन्दरताको प्रतिकका रुपमा ब्याख्या गरेका छन् ।
त्यस्तै, ऐश्वर्या सोमबार यही जारी कान्समा दोस्रोपटक रेड कार्पेटमा देखिइन् । सोमबार उनी रेड कार्पेटमा फरक लुक्समा देखिएकी थिइन् । ऐश्वर्याले आफ्नो न्यू हेयरस्टाइल ब्ल्याक एण्ड व्हाइट ईयररिंङको साथमा लाइट मेकअप तथा लाइट लिपस्टिकमा थिस्मोकी सिल्वर आइजमा आकर्षक देखिएकी थिइन् ।

कान्समा दीपिका पादुकोणदेखि लिएर कंगना रनोट, प्रियंका चोपड़ा, मल्लिका शेरावत, हुमा कुरैशी, डायना पेन्टी, हिना खानलगायतका अभिनेत्री पनि सहभागी छन् । तर, ऐश्वर्याको उपस्थितिले उनीहरु ओझेलमा परेका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्