Logo
Logo

कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने



काठमाडौँ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालिले बिगतका वर्षहरुझै यस वर्ष पनि कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी यही माघ ११, १२ र १३ गते प्रदेश नं.३ अन्तर्गत भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गर्न गइरहेको छ ।
प्रर्दशनीमा नेपाल, भारत, चीनलगायतका बिभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीहरुद्वारा १५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए ।


उक्त प्रर्दशनीमा कृषिका बिभिन्न बिधाहरु जस्तै, कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती थोपा सिँचाइ र विषादिरहित कृषिका बारेमा तालिम एवं गोष्ठीसमेत संचालन हुने कुरा कम्पनीका प्रबन्ध निर्देशक भट्टराई बताउँछन् ।
प्रबन्ध निर्देशक भट्टराईका अनुसार उक्त प्रर्दशनीमा देशभरिका लगभग एक लाखभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत कृषकहरुले उक्त प्रर्दशनी अवलोकन गरी ज्ञान लिने बिश्वास लिएका छन् ।
निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिनदेखि लिएर कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनीलगायत डेमो पनि गरिने बताउँदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताए ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । साथै यो प्रर्दशनी कृषक र उत्पादक कम्पनी बिच कोसे ढुङ्गा सावित हुने बिश्वास भट्टराईको छ ।
प्रर्दशनीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना नेपाल किसान महासंघ, नेपाल कृषक समूह महासंघ, नेपाल कृषि सहकारी संघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघलगायतका बिभिन्न संघ संस्थाहरुले सहयोगीको भूमिका निभाइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्