Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

‘पराजित हुँदा नेतृत्व परिर्वतन गर्न असफल भए सभापतिमा देउवालाई समर्थन गुर्छ’



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पार्टीको विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता देउवाले गरेपछि सिंहले उनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवासँगको भेटपछि नेता सिंहले देउवालाई नै समर्थन गर्ने सञ्चारकर्मीलाई बताएका छन् । देउवासँगको भेटपछि पत्रकार सम्मेलन गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’

दोस्रो चरणको चुनावमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र २२ मत ल्याएर पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्