काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रत्यासी रहेका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताएका छन् । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए ।
उनले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए ।
यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् ।














