सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त « Drishti News – Nepalese News Portal
Logo

सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् ।

काठमाडौंको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोमबार बसेको सञ्चालक समितिलाई कँडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कँडेल मंसिर २७ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति भएका हुन् । यसअघि उनलाई कायम मुकायमको जिम्मेवारी दिइएको थियो ।

नवनियुक्त सीईओ कँडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । उनले सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ४ वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए ।

बैंक सञ्चालनमा विशेष दखल राख्ने कँडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नुअगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्यानुभवसमेत सँगालेका छन्।

प्रतिक्रिया दिनुहोस्