Logo
Logo

लक्ष्मी बैंक पिक्याफमा समावेश



काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लकक कदमस्वरूप पार्टनरसीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ)मा सामेल भएको छ ।

पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पिक्याफको विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले पिक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदैं कोप–२६ मा नेपालको राष्टृय प्रतिबद्वतालाई समेत सहयोगग पुग्ने जनाइएको छ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको छ ।

“हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्यांकन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्नेमा बैंकले विश्वास लिएको छ । ‘लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने पिक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको जनाइएको छ । तसर्थ भावी पुस्ताका लागि संरक्षण प्रवद्र्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्