Logo
Logo

चितवन भित्रियो ‘टिभिएस रेडर’



चितवन । ‘टिभिएस रेडर’ चितवनमा भित्रिएको छ । टिभिएसको भरतपुरस्थित ‘माला श्री मोटर्स’ शो रुमले एक कार्यक्रममाबीच टिभिएस रेडर सार्वजनिक गरेको हो ।

सप्तरंग ३ का कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्रि पंगेनी, गायिका मिलन नेवार, स्ट्याण्ड अप कमेडियन सन्दिप क्षेत्री, गायिका अस्मिता अधिकारी र मोडल उषा उप्रेतीले संयुक्त रुपमा उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै कलाकार सन्दिप क्षेत्रीले टिभिएस रेडर लुक्सकै कारणले धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । एक सय २५ सिसीको टिभिएस रेडर युवाहरुको आवश्यकता र चाहना अनुसार डिजाईन् गरिएको मालाश्रीका प्रवन्ध निर्देशक भिमशेन श्रेष्ठले बताए ।
टिभिएस रेडरमा एकईडी हेडलाइट, साउण्डलेस स्टार्ट, मोनो सक र चार्जिङ पोइन्ट छ । यसको बजार मुल्य दुई लाख ४७ हजार नौं सय छ ।

प्रतिक्रिया दिनुहोस्