Logo
Logo

संसद छिर्ने दौडधुपमा दीपक मनाङे


0
Shares

पोखरा, २२ माघ गुन्डा पृष्ठभुमीका दीपक मनाङे भनिने राजिव गुरुङ जेलबाट छुटेलगत्तै संसद छिर्न लबिङमा लागेका छन् । मनाङ (ख)बाट गण्डकी प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका उनी सपथका लागि सत्तारुढ दल नेकपाका नेताहरुलाई भेट्न थालेका छन् ।
आइतबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको संयोजकत्वमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले मनाङेलाई सपथ खुवाउन नहुने निर्णय गरेपछि उनी ठूला नेताहरुमार्फत लबिङमा लागेका छन् ।


कानुनअनुसार उनलाई सपथ गराउन नमिल्ने सभामुख अधिकारी बताउँछन् । उनी भन्छन्,– ‘सर्वोच्चले मनाङेलाई केवल पुनरावेदन गर्ने अधिकार दिएको हो। ५ वर्ष पुनरावेदन समय तोकेको छ। कानुन अनुसार सपथ नगराउने नै भन्ने देखिन्छ।’

ज्यान मार्नेसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा रहेका मनाङे सर्वोच्चको आदेशमा गएको पुस ६ गते थुनामुक्त भएका थिए। कैलाली टिकापुरका मुख्य दोषी रेशम चौधरीलाई गएको साता मात्रै प्रतिनिधिसभा सांसदको सपथ खुवाइएको भएपनि उनको मुद्दामा फैसला बाँकी नै छ। चौधरीलाई सांसदको सपथ खुवाइएपछि मनाङेले सपथग्रहण गर्न पाउने कि नपाउने चर्चा सुरु भएको थियो ।
तर, मनाङेको हकमा पुनरावेदन अदालतले ज्यान मार्ने सम्बन्धी मुद्दामा ५ वर्ष जेल सजाय तोकेको हुनाले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ आकर्षित भएको सभामुख अधिकारीले बताएका छन्।

समितिले आइतबारको बैठकमा निर्वाचन ऐनको दफा १६ बमोजिम पद मुक्त हुने सम्बन्धी उपदफा १ अनुसार सपथ खुवाउन नहुने निर्णय लिएको हो। सो बुँदामा ‘सदस्यको पदमा निर्वा्चित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुने छ’ भनिएको छ।

प्रतिक्रिया दिनुहोस्