Logo
Logo

ओलीको प्रेमशास्त्र : माया मुटुमा होइन, मस्तिष्कमा हुन्छ



काठमाडौं । माया-प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन । माया धेरै परिभाषाहरु गरिएका छन्,संसारमा । दार्शनिकहरूको प्रायः सबैको आ-आफ्नै तर्क छ ।

भन्छन्, माया त महसुस गर्ने हो । जसरी हामीले हावामा उडिरहेको फूलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । माया पनि त्यस्तै एक भावना हो । मनको कुरा हो । जसलाई भावनात्मक रुपमा प्रकट गरिन्छ, जो स्वतर्स्फूत हुन्छ ।

माया भनेको मनसँग मन मिल्ने अदृश्य स्वरूप मानिन्छ । याे आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । महसुस गर्ने कुरा पाइने खाेजेर पाइने पनि हाेइन । माया कहाँ छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । कहाँ छ भनेर कसैले खोजेको पनि छैनन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीली माया कहाँ हुन्छ भनेर पत्ता लगाएका छन् ।

प्रधानमन्त्री हुँदा कोभिड-१९ को औषधिसमेत पत्ता लगाएका ओलीले मायालाई खप्परभित्र अर्थात् मस्तिष्कमा भेटेका छन् । उनी भन्छन्, ‘माया मुटुमा होइन, मस्तिष्कमा हुन्छ ।’ विज्ञानको अनुसार मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ । ओली त्यहीँ माया भेटे ।

हामी कसैलाई माया गर्छौँ, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गर्छौँ । आफूले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौँ । तर, कसैले आफूलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? यसको पनि ओलीले सजिलो आइडिया बताइदिएका छन् । उनका अनुसार मुटुको चित्र बनाएर देखायो भने माया भन्ने बुझिन्छ ।

ओलीका अनुसार माया मस्तिष्कमा हुन्छ । तर, माया देखाउनको लागि चाहिँ मुटुको चित्र बनाउनुपर्छ । उनी भन्छन्, ‘माया भन्ने कुरा देखाउनुपर्यो भने मुटु चित्र यसो बनाए हुन्छ, मुटुको चित्र देखायो भने त्यसलाई माया भन्ने बुझिन्छ ।’

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा ओलीले भने– ‘मुटु भनेको मायाको प्रतिकको रुपमा लिइन्छ । मुटुमा माया भन्ने हुन्छ ? विचरा माया मुटुमा होइन मस्तिष्कमा हुन्छ । तर, त्यो लाग्दा चाहिँ मुटुमा हो कि जस्तो लाग्छ । र, मुटु पनि त्यति सेन्सेटिभ हुन्छ, साच्चै त्यो दुखेजस्तो हुन्छ । गीतमा त माया कलेजीमा भन्ने पनि छ । माया कलेजीमा हुँदैन । कलेजिको काम आफ्नै हुन्छ । त्यसमा माया–साया राख्ने ठाउँ पनि छैन । तर, कविहरुले माया कस्तो हुन्छ भने मायाको पोको छ भन्ने बनाउन्छ ।’

भिडियाे

प्रतिक्रिया दिनुहोस्