Logo
Logo

कांग्रेस महामन्त्रीमा गगनको अग्रता



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् । १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले अग्रता लिएका हुन् ।

एक सय मत गन्दा गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन् । शेखर कोइराला प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको २१ मत छ । मत गणना अहिले १०ः३० मा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्