Logo
Logo

कस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्ने ?



काठमाडौं । पछिल्लो समय धेरै मानिसको कपाल झर्ने समस्या देखिन्छ । जसले गर्दा मानिसहरुमा कम उमेरमै तालुपना देखिन्छ । पछिल्लो समय कपाल प्रत्यारोपणका बारेमा जानकारी बढ्दै गएको छ , यसमा मानिसले पछिल्लो समय चासो दिने गरेको पइन्छ ।

कपाल हाम्रो शरिरको अभिन्न अंग हो । यसले मानिसलाई सैदर्यता प्रदान गर्छ । हामीले अनुहारको हेरचाहमा जसरी समय दिन्छौं, त्यसरी नै आफ्नो कपालको हेरचाहमा पनि ध्यान दिनुपर्छ ।

प्रायःजसो कपाल झर्नेबित्तिकै धेरै महिला दिदीबहिनी कपाल प्रत्यारोपण गर्ने बारेमा चिन्ता लिने गरेका छन् । तर कपाल झर्ने समस्या रोगका कारण समेत आउने गरेको छ । कपाल झर्नेबित्तिकै कपाल प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । सुरुमा कपालको चेकजाँच गर्ने, रगत, थाइराइड र हर्मोनको चेकजाँच गरेर गरिन्छ । कतिपयलाई कपाल विभिन्न समस्या आएर पनि कपाल झर्ने हुन्छ, त्यसको औषधि लिएर निको हुने डाक्टररु बताउँछन् ।

त्यसैगरी, नेपालमा कपाल प्रत्यारोपण करिब २० वर्ष अघिदेखि नेै सुरु भएको हो । तर त्यो समयमा कपाल प्रत्यारोपणको बारेमा जानकारी थिएन । पछिल्लो करिब पाँचवर्ष यता कपाल प्रत्यारोपणको बारेमा मानिसमा जानकारी बढ्न थालेको छ ।

कपाल प्रत्यारोपण तालुपनाको समस्या भएको अवस्थामा कपाल प्रत्यारोपण गरिन्छ । तालुपनाको समस्या देखिनुमा वंशाणुगत र तनावका कारणले नै हुन्छ । फाइबर फाइजाइट् टेस्ट इन्जाइम हाम्रो निधार र तालुको कपालको जरामा हुन्छ । यो इन्जाइमका कारण २० वर्षपछिमात्र कपाल झर्ने समस्या देखिने डाक्टरहरु बताउँछन् ।

झुसजस्तो कपाल झर्दै तालुपनाको समस्या आउँछ । तालुपनाको समस्या पुरुषमा ५० देखि ६० प्रतिशतसम्म हुन्छ भने महिलामा तालुपनाको समस्या १५ देखि २० प्रतिशत हुन्छ । कपाल झर्ने तरिका फरक हुन्छ । पुरुषमा निधारमाथि सबै चिल्लो हुने हुन्छ तर महिलामा निधारमा खुइलिँदै जाने वा सिउँदोको भाग रुख आकारमा जस्तो हुँदैन, कपाल झरेर चिल्लो हुन्छ । त्यसकारण कपाल प्रत्यारोपण गरेर तालुपनाको समस्या हटाउन सकिन्छ ।

त्यसैगरी, पुरुषमा तालुपनाको समस्या हेर्ने बित्तिकै थाहा हुन्छ तर महिलामा भने त्यो समस्या कम मात्र देखिने गर्छ । महिलाहरुमा महिनाबारीको समयमा, थाइराइड र तनावलगायतका कारण कपाल झर्ने समस्या देखिन्छ । गर्भवति, सुत्केरी र स्तनपान गराउँदा कपाल झर्ने समस्या देखिन्छ । तर यस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्नुहुँदैन । आगोले पोलेको दाग वा खतहरुमा पनि कपाल प्रत्यारोपण गरिने गरिन्छ ।

कलेजो प्रत्यारोपण गर्दा अरुबाट कलेजो लिएर गरिन्छ । मृगौला अरुबाट लिएर प्रत्यारोपण गरिन्छ । तर कपाल प्रत्यारोपण आफ्नै कपालबाट गरिन्छ । आफ्नो दारी, छाति, हातखुट्टा वा टाउको पछाडिपट्टीको भागबाट कपाल लिएर गरिन्छ । विश्वमा सबैभन्दा बढी कपाल प्रत्यारोपण गर्नेमा टर्की पहिलो देश हो । अमेरिकामा कपाल प्रत्यारोपण गर्न एउटा कपालको रु एकदेखि डेढ डलर पर्छ । भारतमा कपाल प्रत्यारोपण गर्दा एउटा कपालको भारतीय रुपैयाँ ४० देखि ६० पर्छ । तर नेपालमा एउटा कपाल प्रत्यारोपण गरेको ६० रुपैयाँ पर्छ ।

जुन नेपालमा अन्य देशको तुलनामा धेरै कम छ । कपाल जति प्रत्यारोपण गरिएको हुन्छ पछि त्यति नै पलाउँछ । प्रत्यारोपण गरिएको कपाल, काट्न सकिन्छ लामो बनाएर पाल्न सकिन्छ । कुनै समस्या आउँदैन । एकजना मानिसमा कपाल प्रत्यारोपण गर्न करिब १० देखि १६ घण्टा समय लाग्ने गर्छ ।

प्रायःजसोको मानिसको बानी दिनहुँ कपाल नुहाउने हुँदैन । तीन दिनपछि नुहाउँदा तीनसय वटा कपाल झर्नु सामान्य हो । त्यो कपाल झरेको होइन । तर कोही–कोही महिला दिदीबहिनीहरु डरले तनाव लिएर आउनुहुन्छ, “मेरो कपाल धेरै झर्छ भन्दै उपचारका लागि आउनुहुन्छ ।” तर कपाल झरेको हँुदैन, हामीले आफैँ झारेका हुन्छाँ । कसरी झारिएको भन्ने प्रश्न पनि आउने गर्छ रु हामीले कपाललाई बढी हेरचाह गर्दा गरेर वा कपालको हेरचाह नगरेर कपाल झर्ने हुन्छ ।

कपाल नुहाउँदा पूरै कपाल माडेर धुने चलन छ । हामीले प्रयोग गर्ने स्याम्पूमा केमिकल हुन्छ । जसले कपाललाई कडा बनाउँछ हाम्रो कपाल टुक्रिन्छ । प्रायः जसोको कपाल नुहाइसकेपछि अझ टाबेलले रगेटेर वा झट्कारेर सुकाउने बानी हुन्छ । अझ कतिपयले कपालको मसाज गर्छन्, त्यसले पनि कपाल झर्छ वा टुक्रिन्छ । कपालमा केमिकल भएको हेयर कलरले हाम्रो कपाल अझ टुक्राउने गर्छ । त्यस कारण हामीले हाम्रो कपालमा केमिकलको प्रयोग कम गर्यौँ त्यति नै कपाल स्वस्थ्य हुन्छ । कपालमा गन्ध र रङरहित तेलको प्रयोग गनुपर्छ ।

अनियन्त्रण मधुमेह, थाइरोइड, रक्तचाप, मासु पलाउने समस्या भएको, कपालको संक्रमण, कपाल निकाल्ने समस्या छ भने कपाल प्रत्यारोपण गर्नुहँुदैन । कपालको संक्रमण छ भने कुन प्रकारको संक्रमण हो त्यसको उपचार गरेर मात्र प्रत्यारोपण गर्नुपर्छ । अन्त्यमा, कपाल प्रत्यारोपण गर्ने चिकित्सकमा कपालसम्बन्धि राम्रो जानकारी हुनु आवश्यक छ भने जहिले पनि कपाल प्रत्यारोपण गर्नुभन्दा अघि गरिने जाँचको बारे जानकारी हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्