Logo
Logo

बुटवलमा पनि अब टीभीएस रेडर


441
Shares

बुटवल । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलस्थित आफ्नो एक्स्क्लयूसिभ शोरुमबाट युवालक्षित १ सय २५ सीसी श्रेणीको अत्याधुनिक फिचर्स भएको टीभीएस रेडर सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच ‘सप्तरंग–३’का कलाकार गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र नीता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीलगायतले टीभीएस रेडर सार्वजनिक गरेको हो ।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसअधि टीभिएस रेडर काठमाडौं, हेटौडालगायतका सहरमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्