Logo
Logo

दक्षिण कोरियामा गुञ्जिइन् तायाहाङ्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । गायिका तायाहाङ्मा राई दक्षिण कोरियामा ‘एकल सांगीीतक साँझ’मा गुञ्जिएकी छन् । उनी दक्षिण कोरियाको तेश्रो ठूलो शहर देगुस्थित तारा रेस्टुरेन्ट गएको शनिबार साँझ गुञ्जिएकी हुन् ।
स्थानिय कलाकार मिन्हा लिको कोरियन गीतमा नृत्य प्रस्तुतिसँगै प्रारम्भ भएको कार्यक्रममा गायक सुशील पुन, रुबिन रेग्मी, सबिन तामाङको पनि उत्साहजनक प्रस्तुती रहेको थियो ।


नेपालदेखि एकल साँझ लिएर पुगेकी गायिका तायाहाङ्माले कार्यक्रममा तिमी मेरो सामु आउँदा , लाम त माया, हरेक दिन, कुरि रहे, मायाको गहिराई, डम्फु र सेलोको तालैमा, मेरो खुशी जीबनको जस्ता एक दर्जन बढी गीत गाएर बिदेशी तथा स्वदेशी दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । एकल साँझपछि गायिका तायाहाङ्माले कार्यक्रम सोचेभन्दा सफल भएको बताइन् ।
आयोजकको तर्फबाट चिरञ्जीवी पाण्डेले सहभागी कलाकारलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रम तारा रेस्टुरेन्ट, विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा, हाम्रो नेपाली घर (सेल्टर) तथा परामर्श केन्द्र देगुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्