Logo
Logo

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता



काठमाडौ । नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच बिहीबार कोषका सहभागीहरुलाई छुट दिनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति रहेको थियो ।

सम्झौतापश्चात कोषका सहभागी र कर्मचारीहरुले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्यूरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने छ । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकाले कोषका सहभागी करिब ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा कोषले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्