Logo
Logo

कान्समा यस्तो देखियो हलिउड अभिनेत्रीका जल्वा ! (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । फ्रान्समा जारी ७२औंँ ‘कान्स फिल्म फेस्टिवल–२०१९’ सहभागी अधिनेत्रीहरुमा फेसन प्रतिस्पर्धा चलेको छ । हलिउड र बलिउड सेलिब्रेटीको बर्चश्व रहेको यस फिल्म उत्सवमा यसपटक नेपालको पनि सहभागिता रहेको छ । पहिलोपटक नेपाली अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएकी छन् । तर, हलिउड सेलिब्रेटीका अगाडि प्रियंकाको कुनै चर्चा गरिएको छैन । बलिउड फिल्म उद्योगबाट प्रतिनिधित्व गरेको ऐश्वर्या राय, प्रियंका चोपडालगायतका अभिनेत्रीहरु भने कान्समा चर्चा बटुल्दै आएका छन् । यस्तै, यसपटक पनि अभिनेत्री ऐश्वर्याले कान्समा आफ्नो सुन्दरताको जल्वा देखिएकी छन् । जारी कान्समा विभिन्न अन्तर्राष्ट्रिय मिडियाले क्यामेरामा कैद गरेको हलिउड अभिनेत्रीहरुको फोटो यहाँ प्रस्तुत छ । कान्स फिल्म फेस्टिवलको यही २६ मेमा समापन हुँदैछ ।

FRANCE-CANNES-FILM-FESTIVAL

प्रतिक्रिया दिनुहोस्