पूर्वमन्त्री सिंह कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित « Drishti News – Nepalese News Portal
Logo

पूर्वमन्त्री सिंह कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


दृष्टि संवाददाता


काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार चार हजार ६७२ मत खसेकोमा सिंह दुई हजार ६७७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाएका छन् । यस्तै ३९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्