Logo

तरकारी फलफूल व्यवसायीले गरे रक्तदान



बुटवल । लुम्बिनी फलफूल तरकारी थोक ब्यवसायी संघ लुम्बिनी प्रदेश रूपन्देहीले बार्षिक कार्यक्रम तथा १५औं स्थापना दिवसको अवसरमा तरकारी र फलफूल वितरणका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’ भन्ने नाराका साथ बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमकामा थोक तरकारी व्यवसायी तथा स्थानीय गरी ५९ जनाले रक्तदान गरेका छन् ।

संकलित रगत बुटवल रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष बाबुराम भुसालको अध्यक्षता तथा वडाअध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

संस्थाको स्थापना दिवस पुस १२ गते मनाउने कार्यक्रम रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष एव कार्यक्रम संयोजक मोहमद याकुवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्