Logo
Logo

नापी कार्यालयका कर्मचारी रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, १० जेठ ।
नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सी घुससहित रंगेहात पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिई गएको टोलीले निजहरू उनीहरुलाई सेवाग्राहीसँग रू.१,५०,०००।– (एक लाख पचास हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नापी कार्यालय साँखु, काठमाडौंको कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्