Logo
Logo

फलफूल बोकेको भारतीय मिनीट्रक त्रिशूलीमा खस्यो


- दृष्टि न्युज/संवाददाता


चितवन, १० जेठ । भारतबाट काठमाडौंतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुगा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।
सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बोकेर काठमाडौं जाँदै गरेको मिनीट्रक अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्