Logo
Logo

फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय


- दृष्टि न्युज/संवाददाता


वासिंगटन, १० जेठ (एएफपी) । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कारपश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।
फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६.५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
अनुसन्धानका क्रममा उनले अरु सात किशोरी वा महिलाको हत्या गरेको स्वीकारेका थिए । साथै पीडितहरुलाई उनले पटकपटक बलात्कार समेत गरेको अनुसन्धानमा खुलेको थियो ।
दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो । लङसहित यसै वर्ष अमेरिकामा आठ जनालाई मृत्युदण्ड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्