Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्स देशकै नम्बर एक बीमा कम्पनी भएको दाबी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका क्षेत्रमा आफू देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले विभिन्न सुचकलाई आधार मान्दै यस्तो दाबी गरेको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष छ । त्यस्तै २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी भएको र ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । नेपाल लाइफसँग ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।

जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म र्पुयाउन सेयरहोल्डर, कर्मचारी, अभिकर्ता लगायत सबैको उल्लेख्य सहयोग पुगेको उनले बताए ।

‘सबै जनतामाझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौं’ चौधरीले भने ‘भविष्यको सुनिश्चितताका लागि प्रदान हुने सुविधा सबैले जानुन् र यसलाई विकल्प भन्दा पनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो’ उनले भने । कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ अभियान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्