मार्तडी अस्पतालमा पिसीआर मेसिन सञ्चालन « Drishti News – Nepalese News Portal
Logo

मार्तडी अस्पतालमा पिसीआर मेसिन सञ्चालन


दृष्टि संवाददाता


मार्तडी । बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखि सो मेसिन सञ्चालनमा ल्याइएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो । कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेल्धुरा जानुपर्ने बाध्यता थियो । जिल्लामै पिसीआर मेसिन सञ्चालनमा आएपछि ७७ जनाको स्वाब परीक्षण गरिएको जोशीले बताउनुभयो । जिल्लामा जाँच गराउँदा हालसम्म ६ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

“पिसीआर ल्याब सेवा सञ्चालन हुँदा एन्टिजेन जाँच र स्वाब सङ्कलन गरी जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो । पिसीआर ल्याब सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गरेको हो । जिल्ला अस्पतालले प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स र शव वाहनसमेत खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्