Logo
Logo

भूपु लाहुरे केदेमको ‘सिटिजन युके’ सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ जेठ । गायक दिपक लिम्बूको एकल स्वरमा आधुनिक गीति एल्बम ‘सिटिजन युके’ सार्वजनिक भएको छ । बेलायतमा बस्दै आएका गीतकार अग्निप्रसाद केदेम लिम्बूको एकल शब्दरचना रहेको एल्बममा चर्चित संगीतकार महेश खड्काको एकल संगीत रहेको छ ।
गीति एल्बम ‘सिटिजन युके’को शुक्रबार ललितपुरको मानभवनस्थित बिएफबिएस रेडियो कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । बरिष्ठ गीतकार डा. कृष्णहरि बराललगायतका कलाकारले एल्बमको सार्वजनिक गरेका थिए ।
प्रथम ‘नेपाली तारा’समेत रहेका चर्चित पाश्र्वगायक दिपकको यो छैटौँ एकल एल्बम हो भने गीतकार अग्निप्रसादको पहिलो हो । भूपु ब्रिटिस आर्मीसमेत रहेका गीतकार अग्निप्रसाद लामो समयदेखि बेलायत बस्दै आएका छन् ।
सार्वजनिक एल्बममा जम्मा पाँच वटा गीत समावेश छ । जसमा सिटिजन युके, कोखबाट जन्म पाउँदा, यात्रा लामो, बोली बचन र तिमीले नै जीन्दगीको बोलका गीत रहेका छन् ।
चर्चित संगीतकार र चर्चित गायकसँग काम गर्न पाउँदा गीतकार केदेम खुसी छन् । आफ्नो एल्बम ‘सिटिजन युके’लाई दर्शक तथा श्रोताले रुचाउँछने भन्नेमा उनी अपेक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्