Logo
Logo

नेशनल लाइफको जीवन श्री सावधिक अमृत बीमालेख योजना



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् । बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफू र आफूप्रति आश्रित ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आफ्नो आयस्रोत अनुसार रु. ५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र बोनस प्राप्त हुनेछ । यस बीमालेखमा ऋण सुविधासमेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने जनाइएको छ । मुनाफामा सहभागी हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफलसमेत प्राप्त हुनेछ ।

जोखिम वहन पनि हुने र बचत पनि हुने यस बीमा योजनाबाट अवकाश जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्