Logo
Logo

ललिता निवास प्रकरणका मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नि माधवी पक्राउ परेका छन् ।

उनीहरूलाई गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्वयम्भूबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदीका अनुसार व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि उनीहरू फरार भएका थिए । सुवेदी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौं लगिएको छ ।

उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ । सुवेदीविरूद्ध प्रहरीले केही दिनअघि पक्राउ पूर्जी जारी गरेको थियो ।

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्