Logo
Logo

कोचिङ सेन्टरमा आगलागी, २१ विद्यार्थीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ जेठ । गुजरातको राजधानी सुरतस्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको थियो ।
आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने विद्यार्थीको मृत्यु भवनबाट हामफाल्दा भएको थियो । मृत्यु हुनेमा १८ जना किशोरी र ३ जना किशोर छन् । सबै १५ देखि २२ वर्ष उमेरका विद्यार्थी रहेको दैनिक भास्करले जनाएको छ । आगलागीमा परी ११ विद्यार्थी गम्भीर घाइते भएका छन् । आट्र्सको कोचिङ भइरहेको समयमा आगलागी भएको थियो । कोचिङ कक्षामा ४० देखि ४५ विद्यार्थी सामेल थिए । कक्षा भवनको दोस्रो र तेस्रो तलामा चलिरहेको थियो । भूँइतलाबाट आगो लाग्न शुरु भएपछि विद्यार्थीहरु भवनको माथिल्लो तलामा भागेका थिए र त्यहीँ फसेका थिए । दमकल आउन ढिलाई भएपछि चौँथो तलाबाट विद्यार्थीहरु हामफाल्न सुरु गरेका थिए । हामफाल्दा ११ जनाको ज्यान बाँच्न सफल भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्