Logo
Logo

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्