Logo
Logo

कुरुम्बाङ सङ्जुम्भोको पहलमा पाँचथरका बाढीपीडितलाई राहत वितरण



काठमाडौं । याक्थुङ कुरुम्बाङ सङ्जुम्भोको पहलमा पाँचथरका तीन स्थानीय तहका बाढी पहिरोपीडितलाई राहत प्रदान गरिएको छ । सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको उपस्थितिमा पाँचथरको आरुबोटेमा एक कार्यक्रमबीच उनीहरुलाई राहत वितरण गरिएको हो ।

सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको संयोजत्वमा हङकङ, अमेरिका, बेलायत, श्रीलंकालगायत काठमाडौँ र सुनसरीबाट कुरुम्बाङ तथा गैरकुरुम्बाङबाट सहयोग रकम संकलन गरिएको हो ।

गएको कातिक १ गतेको अविरल वर्षापछि बाढीपहिराका कारण घरबारविहीन भएका पाँचथर जिल्लाको मिक्लाजुङको आरुबोटे, तुम्बेवाको हाङगुम र फाल्गुनन्द गाउँपालिकाको आङसराङका ७१ घरधुरीलाई राहत वितरण गरिएको थाक्थुङ कुरुम्बाङ सङ्जुम्भो उपत्यका अध्यक्ष मीनप्रसाद कुरुम्बाङले जानकारी दिए ।

तीनवटै गाउँपालिकाका बाढी–पहिरोपीडित परिवारको क्षतिको वआधारमा तीन श्रेणीमा र्गीकरण गरेर प्रति घरधुरी ७ हजार, २० र २५ हजारका दरले ७१ घरधुरीलाई राहत वितरण गरिएको सङजुम्भोका केन्द्रीय महासचिव हिमाल कुरुम्बाङले जनाए ।

राहत वितरण कार्यक्रममा सङ्जुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङ, केन्द्रीय सदस्य प्रेम कुरुम्बाङ, उपत्यका अध्यक्ष मीनप्रसाद कुरुम्बाङ, सुनसरी अध्यक्ष हर्क कुरुम्बाङ, पाँचथर अध्यक्ष रणधोज कुरुम्बाङ, उपत्यका कार्यसमितका कोषाध्यक्ष पदम कुरुम्बाङ, उपत्यका समितिका सल्लाहकार योगेन्द्र कुरुम्बाङ, बेल्जियममा आएका सङुजुम्भोका संरक्षक सदस्य बालकुमार कुरुम्बाङ, डम्बर कुरुम्बाङ, सल्लाहकार दिलेन्द्र कुरुम्बाङलगायतको उपस्थिति थियो ।

सोही अवसरमा ब्रेन ट्युमरको समस्याबाट पीडित हाङ्सिङ कुरुम्बाङलाई २० हजार र बाढी पहिरोबाट घाइते बुधमाया माखिम लावतीलाई ३० हजार रुपैयाँ उपचार खर्च सहयोग प्रदान गरिएको सङ्जुम्भोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्