Logo
Logo

किशुको ‘सोल्टिनी ज्यू’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ । पुर्वेली लोक गीतसंगीतको विकासमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई र गायिका किशु गुरुङको आवाजमा पुर्वेली गीत सोल्टिनी ज्यू’ बजारमा आएको छ । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्किने लोक लयलाई टप्पकै टिपिएको छ ।
‘सोल्टिनाी ज्यू’लाई पुर्वेली गीत दिक्तेल बजार, एक्ले बर, चौबन्दी चोली, गुडी जाने रेल, झुम्के मायालगायतका सफल गीतमा संगीत दिएका संगीतकार डिआर अटुले संगीत गरेका छन् ।
दिल दिवाना राईको शब्द सिर्जना रहेको उक्त गीतले पुर्वेली भाकाको विकासका लागि केही योग्दान पुग्ने गायक राईको विश्वास छ ।
नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन रहेको ‘सोल्टिनी ज्यू’को भिडियोमा मरिष्का पोखरेल र उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।

https://www.youtube.com/watch?v=D6r3wx4I0JQ

प्रतिक्रिया दिनुहोस्