Logo
Logo

रौतहटमा एक वर्षमा ६४ अपराधिक घटना, सबै भन्दा धेरै बलात्कारको


रुपेन्द्र पटेल


रौतहट । रौतहटमा मनवअधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएको घटनाहरुको वार्षिक समिक्षा गरिएको छ ।

विगत लामो समयदेखि मानवअधिकारको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएका इन्सेकले विशेष गरेर मानवअधिकारको समग्र अवस्थालाई समेटी बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

इन्सेकले २०७७ पुस १६ देखि २०७८ मंसिर मसान्तसम्मको मानवअधिकारको अवस्था सार्वजनिक गरिएको इन्सेक रौतहटका जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले जानकारी दिइन् ।

इन्सेकको तथ्याङ्क अनुसार एक वर्षमा सबै भन्दाबढी यौनजन्य घटना भएको छ । करिब एक वर्षमा १० बलात्कारको प्रयास भएको छ । यस्तै रौतहटमा एक वर्षमा २८ वटा बलात्कारको घटना हुँदा दुईवटा सामुहिक बलात्कार भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । २८ वटा बलात्कारको घटनामध्ये सात जना महिला र २१ जना बालिका रहेको तथ्याङ्कमा छ ।

यस्तै एक वर्षको अवधिमा ६ वटा बहुविवाह, एकजना शिक्षकमाथि कुटपिट, एउटा वालविवाहको घटना भएको तथ्याङ्कमा उल्लेख भएको छ । एक वर्षको अवधिमा रौतहटमा एउटा एसिड प्रहार, एक जना महिलालाई कुटपिट र ५ वटा यौन दुव्र्यवहारको घटना भएको छ ।

अपरहण, शरीर बन्धक तथा बलात्कारको घटना दुईवटा र कर्तव्य ज्यान गरी जिल्लामा जम्मा ६४ वटा घटना हँुदा जम्मा ८६ जना पीडित भएको इन्सेकको तथ्याङ्कमा देखिएको हो ।

८६ जना पीडित मध्ये ३० जना महिला, २६ जना पुरुष १ जना बालक र २९ जना बालिका रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । एक वर्षको अवधिमा ६४ वटा घटनामा १२१ जना पीडक रहेको हो । जसमध्ये ८ जना महिला, ९१ ज्ना पुरुष र २२ बालक रहेको बिहीबार सार्वजनिक गरिएको इन्सेकको तथ्याङ्क उल्लेख गरिएको छ ।

बिहीबार रौतहटमा मनवअधिकार वर्षपुस्तक २०२२ का लागि जिल्लमा अभिलेख गरिएको घटनाहरुको वार्षिक सम्ीक्षा कार्यक्रममा इन्सेकका पूर्व प्रतिनिधि लक्ष्मण रेग्मी, चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछाने पत्रकार र अन्य सरोकारबालाहरुको उपस्थिति रहेको थियो । बिहीबार भएको कार्यक्रमका सञ्चालिका ज्योती फ्याल रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्