Logo
Logo

लक्ष्मीको ‘सिठ्ठी बजाउँछन्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ । गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्यार्टनको डान्सिङ बिटमा रहेको गीतमा गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको छ भने राम गोपाल आशुतोषको शब्द रहेको छ ।
गीतमा देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् । लोकदोहोरीको क्षेत्रमा सबैभन्दा धेरै म्यूजिक भिडियो निर्देशन गरेका निर्देशक शंकर बिसीले आधुनिक प्याटर्नको गीतको निर्देशन गरेका छन् ।
सिठ्ठी बजाउँछन् गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने नवीन घर्र्ती मगरको सम्पादन रहेको छ । म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको यस गीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्