Logo
Logo
माओवादी स्थायी समिति बैठक

अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

शक्रुबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने प्रतिवेदन पेश गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी समितिका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको प्रवक्ता महराले जानकारी दिए । बैठकमा केही पार्टीहरु माओवादीमा समाहित हुने बिषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ । नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपा (माओवादी)बाट विद्रोह गरेको प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केहीबेर बैठक स्थगित गरिएको छ ।
माओवादी केन्द्रले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्