लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा, खुद नाफा १ अर्ब ५७ करोड « Drishti News – Nepalese News Portal
Logo

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा, खुद नाफा १ अर्ब ५७ करोड


दृष्टिन्यूज


काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । आव २०७७÷७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्