Logo
Logo

एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतनामूलक कार्यक्रम



नेपालगञ्ज । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्तक्र्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस ३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा लुम्बिनी प्रदेशको नेपालगन्जमा एक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता थियो । आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेसमेत क्यापिटलको भनाइ छ । यसअघि यस्तै अन्तक्र्रिया कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्