Logo
Logo

पश्चिम बंगालमा भूकम्प


- दृष्टि न्युज/संवाददाता


बान्कुडा, १२ जेठ (एएनआई) । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४.८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए ।

प्रतिक्रिया दिनुहोस्