Logo
Logo

हुम्लामा हिमपात (फोटोफिचर)



हुम्ला । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात भएको छ । हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

शनिबार बिहानै हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तीन फिटसम्म हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरीङ लामाले बताए ।

नाम्खा गाउँपालिकाको उच्च भेग यारी, लिमी, नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा थप भइरहेको स्थानीयले बताएका छन् । हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै, सदरमुकाममा चहलपहल न्यून छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेको छ ।
हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ ।

हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ । तस्बिर/रासस

प्रतिक्रिया दिनुहोस्