Logo
Logo
साहित्य

कविता- बिदाइ



सूर्य अस्ताउँदै जाँदा
भँगालोहरूमा प्रकाश पर्छ
प्रत्येक भँगालो शक्ति पुञ्ज देखिन्छ
उ ठान्छ त्यो उज्यालोबाट
वैतरणी तर्न सकिन्छ
तर जस्केलो होइन
मूल ढोका नै खोलिदिए आफन्तले
उसको बिदाइको लागि
अब त –
जुरेलीको थुम्को देखाएर सोध्दै छन्
कता तिरबाट झर्ने ?
भर्खरै आकाको नाकाबाट भाका लिएर फर्के उनी
तिनीहरूलाई सोधेछन् –
खै खाका ?
चिडियाखानामा कालेसँग संवाद गरेको ऊ भन्छ
‘मलाई लखेटेर निकाल्दै छौ
तर म झरेर पनि फेरि उक्लिन्छु
पहिले जस्तै गरी
त्यही मूल ढोकाबाट नै छिर्छु’
उ पनि एउटा वार लर्ड त हो नि !
होइन र ?
तर मिथकीय सिसिफसको यात्रा
लाग्छ –
अब टुङ्गिइसकेको छ यहाँ ।

प्रतिक्रिया दिनुहोस्