पुरानो ‘बटौली’ बजारको प्रवर्द्धन र बिकासमा चासो « Drishti News – Nepalese News Portal
Logo

पुरानो ‘बटौली’ बजारको प्रवर्द्धन र बिकासमा चासो


दामोदर खनाल


बुटवल । पुरानो बटौली बजारको विकास तथा प्रवद्र्धनमा सरोकारवालाले चासो व्यक्त गरेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने पुरानो बुटवल (बटौली)को बिकास तथा प्रवद्र्धन र त्यहाँको आर्थिक गतिबिधिलाई चलायमान कसरी गराउन सकिन्छ भन्ने विषयमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा अन्तरक्रिया गरियो ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवलको लागि ‘बटौली’ ऐतिहासिक महत्वको भएकाले त्यसको संरक्षण, बिकास र प्रवद्र्धन गर्न सके आर्थिक गतिबिधि बढाउन सकिने धारणा राखे ।

बटौलीको बिकासका लागि बुटवल उपमहानगरपालिकाले पनि केही कार्यक्रम अगाडि बढाएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले बटौलीको संरक्षण र बिकासका लागि नगरपालिकाले केही कामको सुरुवात गरेको बताउँदै सडक व्यबस्थापन, वार म्युजियम, जीतगढीमा पर्यटन बिकासको लागि नेपाली सेनासँग मिलेर कामहरु अगाडि बढाएको जानकारी दिए ।

बि.सं. १७६२÷०६३ तिर सुरु भएको बटौली बजार २०२६÷०२७ सालसम्म उत्तिकै चहलपहल थियो । तर २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणसँगै बजार विस्तार हुँदै तिनाउ नदीभन्दा पूर्व पहिलेको खस्यौली तिर सर्यो भने बटौली विस्तारिँदै गएको बटौली संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष रबिन्द्रगोपाल लाकौल बताउँछन् ।

पुरानो बटौली बजार बुटवलको ईतिहास हो । ईतिहासको संरक्षण संगै त्यसको ऐतिहासिक महत्वको प्रचारप्रसार गर्न सक्ने हो भने त्यसका माध्यमबाट त्यहाँको आर्थिक कृयाकलाप समेत बढाउन सकिन्छ । त्यसलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य संघले विगत ३÷४ वर्ष यता उक्त विषयमा छलफल चलाउँदै आएको छ । जुनकामले अझै सार्थकता पाउन सकेको भने छैन ।

प्रतिक्रिया दिनुहोस्